होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेसन्स लिग : पोल्याण्डको पोष्टमा बेल्जियमको ६ गोल
समाचार

नेसन्स लिग : पोल्याण्डको पोष्टमा बेल्जियमको ६ गोल

  • नागरिक रैबार
नेसन्स लिग : पोल्याण्डको पोष्टमा बेल्जियमको ६ गोल

काठमाडौं । युइएफए नेसन्स लिगमा बेल्जियमले पहिलो जित निकालेको छ । लिग ए अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमै नेदरल्याण्ड्ससँग पराजित भएको बेल्जियमले दोस्रो खेलमा बुधबार राति पोल्याण्डलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

अघिल्लो खेलमा बेल्जियम नेदरल्याण्डसँग ४-१ ले पराजित भएको थियो । तर पोल्याण्ड विरुद्ध भने एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै बेल्जियमले गोलको वर्षा नै गर्‍यो ।

खेलको २८औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाए पनि त्यो लामो समय टिकेन । ४२औं मिनेटमा एक्सल विट्सलले बेल्जियमको लागि बराबरी गोल फर्काए ।

विज्ञापन

दोस्रो हाफमा बेल्जियमले पाँच गोल गर्‍यो । जसमा दोस्रो हाफमा मैदान प्रवेश गरेका लियोन्ड्रो ट्रोसार्डले ७३औं र ८०औं मिनेटमा गोल गरे । केभिन डे ब्रुएनाले ५९औं, लिएन्डर डेनडोनकरले ८३औं र लोइस ओपेन्डाले इन्जुरी टाइममा गोल गरे ।

पहिलो जितपछि २ खेलबाट ६ अंक जोडेर बेल्जियम दोस्रो स्थानमा उक्लेको छ । दुवै खेल जितेको नेदरल्याण्ड्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै