होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • मार्तडी बजारबासीले चढाए मालिका मन्दिरमा ७३ हजारको घण्ट
बडीमालिका

मार्तडी बजारबासीले चढाए मालिका मन्दिरमा ७३ हजारको घण्ट

  • नागरिक रैबार
मार्तडी बजारबासीले चढाए मालिका मन्दिरमा ७३ हजारको घण्ट

नागरिक रैबार/बाजुरा २६ चैत्र। बाजुराको सदरमुकाममा रहेको मार्तडी बजार व्यवस्थापन समितिले चैते दशैंको अवसरमा मालिका मन्दिरमा घण्ट चढाएका छन् ।

No description available.

मार्तडी बजार व्यवस्थापन समितिले बजारमा रहेका व्यापारीहरुसंग रकम संकलन गरेर मालिका मन्दिरमा ७३ हजार ७ सय रकम बराबरको ५५ किलोको घण्ट मालिका मन्दिरमा चढाएको बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले बताएका छन् । उनका अनुसार घण्टका लागि बनाइएको गेट लगायत जम्मा १ लाख ५० हजार रकम खर्च भएको छ ।

विज्ञापन

No description available.

चैते दशैंको अवसरमा मार्तडी बजार बासीले शनिबार विहान विशेष पुजापाठ गर्दै घण्टसहित बाजागाजा गरेर बजार परिक्रमा गरेर मालिका मन्दिरमा गई घण्ट चढाएर चैते दशैं मनाएका हुन् ।

No description available.

चैते दशैंको अवसर पारेर मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्ल सचिव धनबहादुर रोकाया अन्य पदाधिकारी, व्यापारीहरु, बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावल, बडीमालिका ३ का अध्यक्ष विरबहादुर रावल, ९ का अध्यक्ष लालबहादुर नेपाली, उद्योग बाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया लगायतले घण्ट चढाउँदै मालिका मन्दिरमा पुजापाठ गरेका थिए ।

No description available.

चैते दशैं र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि बडिमालिका मन्दिरमा भक्तजनको भीड लागेको छ ।चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा मन्दिरमा पूजापाठ गरिन्छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार