होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजियो : ओली
समाचार

कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजियो : ओली

  • नागरिक रैबार
कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजियो : ओली

 विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् ।

बुधबार मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उनले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताए । मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको भन्दै ओलीले भने, ‘ काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ ।’

निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेको थियो । ओलीले मंगलबार आयोजित कार्यक्रममा पनि आयोगको उक्त निर्णयको आलोचना गरेका थिए ।

विज्ञापन

एमाले अध्यक्ष ओलीले कांग्रेसलाई सुकेको रुखको संज्ञा दिए । ‘सुकेको रुखको कुरा गर्न आवश्यक छैन, पातमात्रै झरेको छैन रूख नै सुकेको छ’ उनले भने ।

नेता माधवकुमार नेपालले पार्टी छाडेपछि हाइसन्चो भएको ओलीले टिप्पणी गरे । केही व्यक्तिले पार्टी छाडेपनि एमाले झन् बलियो भएको उनको दावी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार