होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बैतडीका अध्यक्ष पाल र शिवनाथकी उपाध्यक्षको अश्लील गाली भाइरल
समाचार

एमाले बैतडीका अध्यक्ष पाल र शिवनाथकी उपाध्यक्षको अश्लील गाली भाइरल

  • नागरिक रैबार
एमाले बैतडीका अध्यक्ष पाल र शिवनाथकी उपाध्यक्षको अश्लील गाली भाइरल

धनगढीः हिजोदेखि नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको एक अडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। पाललेले अश्लील शब्दमा गाली गरेको अडियो सञ्जालमा भाइरल भएको हो। अडियोमा पालले अश्लील शब्दमा गाली गरेर ज्यान मार्ने धम्की समेत दिएको सुनिन्छ।

उक्त अडियो एमालेकै अनेरास्ववियूका कार्यकर्ता यज्ञ भट्टलाई गाली पालले गाली गरेको भएको खुलेको छ। उनले अडियोमा भनेका छन् ‘तेरो हिसाबकिताब हुन्छ। तलाई अहिले बनाइदिउँ दश मिनेटमा।’ उक्त अडियोका कारण अहिले सामाजिक सञ्जालमा पालको तीब्र आलोचना भैरहेको छ। तर, गाली खाने यज्ञ भट्टले अडियो सार्वजनिक नगर्न आग्रह गरेका छन्। अडियो आफ्नो व्यक्तिगत जीवनसंग जोडिएकोले उनले सार्वजनिक नगर्न भनेका हुन्।

यस्तै बैतडीकै शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले पनि अश्लील शब्दमा गाली गरेको अडियो भाइरल भएको छ। उनले आफूलाई पार्टीबाट पछार्न खोजेको भन्दै विभिन्न अश्लील शब्द बोलेकी छन्। उपाध्यक्षले नै अश्लील बोलेको भन्दै विरोध चर्किएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार