नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् ।
एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी बैठकले बुढीगंगामा पदम भण्डारी,बडीमालिकामा डम्बर महत,गौमुलमा विरेन्द्र रोकाया,खप्तड छेडेदह दिल रावत, त्रिवेणीमा मोतिसिंह बुढा, हिमाली मानबहादुर रोकाया (अर्जुन),स्वामीकार्तिक खापरमा मेघराज शाही,जगन्नाथ काली धराला र बुढीनन्दामा राजन रोकायालाई इन्चार्ज तोकिएको छ ।
फेसबुक प्रतिक्रियाहरु