होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः बझाङबाट २२८ विद्यालय सिफारिस
समाचार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः बझाङबाट २२८ विद्यालय सिफारिस

  • नागरिक रैबार
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः बझाङबाट २२८ विद्यालय सिफारिस

बझाङः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस भएका छन्। जिल्लाका १२ वटै स्थानीय तहबाट आवेदन परेका ती विद्यालयललाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी वसन्तबहादुर सिंहले बताए।

तलकोट गाउँपालिकाका, १८ खप्तडछान्नाका २२, छविसपाथि भेराका २७, मष्टाका २२, बुङ्गलका ४०, सुर्माका ११, थलारा गाउँपालिकाका २३, जयपृथ्वी नगरपालिकाका १२, दुर्गाथली गाउँपालिकाका ४, केदारस्युका ४१, वित्थडचिरका ५ र साइपाल गाउँपालिकाका तीन विद्यालय सिफारिस गरिएका हुन्। आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्र पठाइएको सूचना अधिकारी सिंहले बताए। उक्त कार्यक्रममा सफल विद्यालयमा दुईकोठे÷चारकोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।

अहिले सिफारिस गरेर पठाएका विद्यालयमा अधिकांसले विद्यालयको भवन निर्माण, शौचालय निर्माण, घेरबार, ल्याब स्थापनाको माग गरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार