होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गृहमन्त्री र अर्थमन्त्रीबीच निर्वाचनलक्षित बजेटबारे छलफल
देश/प्रदेश

गृहमन्त्री र अर्थमन्त्रीबीच निर्वाचनलक्षित बजेटबारे छलफल

  • नागरिक रैबार
गृहमन्त्री र अर्थमन्त्रीबीच निर्वाचनलक्षित बजेटबारे छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ ।

बुधबार गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचनलक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका सामानबारे छलफल भएको हो ।

नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार गृह मन्त्रालयले बिहीबारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ ।

विज्ञापन

अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए ।

गृहमन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभई नहुने विषयवस्तुबारे अवगत गराइने बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारीसाधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाँणले अर्थसँग छलफल गरेका हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार