होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • बैतडीमा हत्या आरोपमा एक महिला पक्राउ
अपराध

बैतडीमा हत्या आरोपमा एक महिला पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैतडीमा हत्या आरोपमा एक महिला पक्राउ

बैतडी : बैतडीमा प्रहरीले हत्याको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन्।

महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्या गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो। पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको शाहीले बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ। यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन्। उनको घाँटी र मुखमा चोट थियो। नारुले घटनाअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै