होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • बैतडीमा युवक हत्या प्रकरण : पक्राउ परेका २ जना धरौटीमा रिहा
अपराध

बैतडीमा युवक हत्या प्रकरण : पक्राउ परेका २ जना धरौटीमा रिहा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैतडीमा युवक हत्या प्रकरण : पक्राउ परेका २ जना धरौटीमा रिहा

धनगढी : बैतडीको सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थी हत्या प्रकरणमा पक्राउ परेका थप दुई जना धरौटीमा रिहा भएका छन्। केही दिन अगाडि मात्रै परिवारको जाहेरीका आधारमा पक्राउ परेका गाउँका शिक्षक समेत रहेका रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई जनही ५० हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सो प्रकरणमा हत्या स्वीकारेका नवराज अवस्थी र हरिश अवस्थीलाई भने पुर्पक्षका लागि थुनामा राखिएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। गत मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते फेला परेको थियो। उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै