काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो ।बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ।
बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसीसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ ।पदाधिकारी बैठक मंगलवार पनि बसेको थियो। मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए।
मंगलवारको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनावलगायत विषयमा छलफल भएको बताइएको छ।
फेसबुक प्रतिक्रियाहरु