सरकारले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न आह्वान गरेको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको उनको भनाइ छ । गर्नै परेको खण्डमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्न बैठकले अनुरोध गरेको छ ।
बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो । निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु