होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सोमबारबाट आचारसंहिता लागू हुने
समाचार

सोमबारबाट आचारसंहिता लागू हुने

  • नागरिक रैबार
सोमबारबाट आचारसंहिता लागू हुने

काठमाडौँ — माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबारबाट आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन अवधीभर आचारसिंहता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ ।

‘आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानुनी कारबाही समेत हुने हुँदा आचार संहिताको पूर्णरुपमा पालना गर्न/गराउन आयोग सम्पूर्ण सरोकारवालाहरुमा निर्देश गर्दछ,’ आयोगले भनेको छ ।

आयोगका अनुसार तिनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लागू हुने जनाएको छ । त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकरी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् ।

विज्ञापन

निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैर सरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार