होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाको चोयाकोट मावि ३ तारे विद्यालय घोषणा
समाचार

बडीमालिकाको चोयाकोट मावि ३ तारे विद्यालय घोषणा

  • नागरिक रैबार
बडीमालिकाको चोयाकोट मावि ३ तारे विद्यालय घोषणा

नागरिक रैबार। बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ३ मा रहेको चोयाकोट मावि तीन तारे विद्यालयको रुपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेका सूचक पुरा गरेपछि विद्यालयलाई तीन तारे विद्यालयका रुपमा घोषणा गरिएको हो ।

चोयाकोट माविलाई तीन तारे विद्यालयको रुपमा औपचारिक कार्यक्रमका बीच नगर प्रमुख अमर खड्काले घोषणा गरेका हुन् । बडीमालिका नगरपालिका भित्र तीन तारे विद्यालयका रुपमा घोषणा हुने चोयाकोट मावि चौथो विद्यालय हो ।

यस अघि बालमन्दिर आधारभुत विद्यालय, नेरा मावि र सत्यश्वरी आधारभुत विद्यालय राप्का तीन तारे घोषणा भइसकेका छन् । सरकारले प्रर्याप्त खानेपानी, स्वच्छ र सफा शौचालय, महिनावारी स्वच्छता, दिवा खाना व्यवस्थापन, गुणस्तरीय शिक्षण सिकाइ, शान्त र बालमैत्री वातावरण, बालमैत्री शिक्षण सिकाइ र व्यवहार, सुविधा सम्पन्न संरचना भएको विद्यालयलाई तीन तारे घोषणा गर्ने नीति लिएको छ ।

बडीमालिका नगरपालिका, युनिसेफ नेपाल र विद्यालयको सयुक्त सहकार्यमा विद्यालयलाई तीन तारे घोषणा गर्न सफल भएको विद्यालयका प्रअ गोरखबहादुर थापाले बताएका छन् । चोयाकोट माविले राज्यले निर्धारण गरेका अधिकांश सूचक र मापदण्द पुरा गरेको प्रअ थापाले बताएका छन् ।

तीन तारे विद्यालय हाम्रो शान, विद्यार्थी शिक्षक र अभिभावक सबैको स्वाभिमान भन्ने मुल नाराका साथ विद्यालयलाई भव्य कार्यक्रमका साथ घोषणा गरिएको हो । खानेपानी, सरसफाइ र स्वच्छताको विषयलाई अनिवार्य पुरा गर्नु पर्ने मापदण्ड रहेको छ ।

घोषणा कार्यक्रममा नगर प्रमुख अमर खड्का, प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, वडा अध्यक्ष डबल रोकाया, एमाले नेता वीरबहादुर रावल सहीत सहभागि थिए । त्यसैगरी विश्व खाद्य कार्यक्रम, विश्व शिक्षा, आइडीएस नेपाल, पीसविन, सेतो गुराउँस लगायतका गैर सरकारी संस्थाका प्रतिनिधी पनि सहभागि थिए । विद्यालयमा २ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ हप्ता अगाडि