होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा गठबन्धन र एमालेका यी उम्मेदवारवीच प्रतिष्पर्दा हुँदै
समाचार

बाजुरामा गठबन्धन र एमालेका यी उम्मेदवारवीच प्रतिष्पर्दा हुँदै

  • नागरिक रैबार
बाजुरामा गठबन्धन र एमालेका यी उम्मेदवारवीच प्रतिष्पर्दा हुँदै

मदन विक/बाजुरा २२ असोज।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि बाजुरामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरुको टुंगो लागिसकेको छ ।

बाजुरामा पनि भोलि असोज (२३) गते निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
भोलि हुने उम्मेदवारहरुको मनोनयन दर्ताका लागि एमालेबाट प्रतिनिधि सभाको प्रत्येक्ष तर्फका उम्मेदवार कणर्बहादुर थापा, प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का बलदेव रेग्मी र प्रदेश सभा (ख) का लालबहादुर थापा बाजुरा पुगिसकेका छन् ।सत्ता गठबन्धनबाट टिकट पाएका काँग्रेसका प्रतिनिधि सभाका बद्रीप्रसाद पाण्डे, प्रदेश सभा (ख) का उम्मेदवार पदमबहादुर शाही र प्रदेश (क) का माओवादी केन्द्रका उम्मेदवार कणर्बहादुर विक भोली विहान मात्र बाजुरा आईपुग्ने बताईएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ रहेको बाजुरामा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि स्थायी कमिटी सदस्य कणर्बहादुर थापालाई अगाडी सारेको छ ।

विज्ञापन

एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका कणर्बहादुर थापा २०७० सालको संविधान सभा सदस्यमा निर्वाचित उम्मेदवार हुन् । थापा पूर्वउद्योगमन्त्री समेत भईसकेका छन् ।

गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे बाजुरामा पहिलोपटक प्रत्येक्षमा एमालेका उम्मेदवार कणर्बहादुर थापासंग प्रतिष्पर्दा गर्नेछन् ।

पार्टीको केन्द्रमा राम्रो छवि बनाएको काँग्रेसका पाण्डे यसपटकको निर्वाचनमा बाजुराबाटै २०७० को संविधान सभा सदस्य निर्वाचनमा विजयी बनेका एमालेका स्थायी कमिटी सदस्य कणर्बहादुर थापासंग प्रतिष्पर्दा गर्दैछन् । नेता थापा एमालेको सुदूरपश्चि देखि केन्द्रसम्म प्रभाव राख्ने नेताका रुपमा परिचित छन् ।

केन्द्रमा प्रभाव राख्ने नेताद्धय काँग्रेसका सहमहामन्त्री पाण्डे र एमालेका स्थायी कमिटी सदस्य थापाविच मंसिर ४ को निर्वाचनमा रोचक प्रतिष्पर्दा हुने उम्मेदवार निकट दुईवटै पार्टीका कार्यकर्ताले अट्कलबाजी गर्न थालेका छन् ।

२ वटा प्रदेश निर्वाचन क्षेत्रमा यी नेताविच प्रतिष्पर्दा

२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बाजुराम सत्ता गठबन्धनबाट प्रदेश सभा (क) मा माओवादी केन्द्रका केन्द्रीय सदस्य कणर्बहादुर विक (केशव) र प्रदेश सभा (ख) मा पदमबहादुर शाही चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै प्रदेश (क) निर्वाचन क्षेत्रमा एमालेले प्रदेश कमिटी उपसचिव बलदेव रेग्मी र प्रदेश (ख) मा एमालेका केन्द्रिय सदस्य लालबहादुर थापालाई टिकट दिएको छ ।

प्रदेश सभा (क) मा निवर्तमान प्रदेश सभा सदस्य बलदेव रेग्मी पुनः उम्मेदवार बनेका छन् । त्यस क्षेत्रमा उनको सत्ता गठबन्धनका माओवादीबाट उम्मेदवार बनेका कणर्बहादुर विकसंग प्रतिष्पर्दा हुने छ ।

एमालेबाट प्रदेश सभा (क) मा पुनः उम्मेदवार बनेका बलदेव रेग्मीले यस अघि सो प्रदेशमा ०७४ मा नेपाली काँग्रेसका जनकराज गिरीलाई पराजित गरेका थिए । एमालेका रेग्मीसंग चुनावी मैदानमा उत्रेका सत्ता गठबन्धनका उम्मेदवार कणर्बहादुर विक (केशव) ०७० मा माओवादी केन्द्रबाट समानुपातिक सभासद बनेका थिए । यस क्षेत्रमा सत्ता गठबन्धन भित्रका सवै दल एकजुट भए एमालेका बलदेव रेग्मीसंग कडा प्रतिष्पर्दा हुने आँकलन गरिएको छ ।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) मा एमालेका केन्द्रिय सदस्य लालबहादुर थापा र सत्ता गठबन्धनबाट उम्मेवदवार बनेका काँग्रेसका पदमबहादुर शाहीविच प्रतिष्पर्दा हुने भएको छ ।

प्रदेश (ख) मा उम्मेदवार बनेका लालबहादुर थापा ०७४ को प्रतिनिधि सभा सदस्यमा विजयी भएका सांसद हुन् भने काँग्रेसबाट उम्मेदवार बनेका पदम बहादुर शाही ०७४ मा सोही प्रदेश निर्वाचन क्षेत्रमा एमालेका केन्द्रिय सदस्य प्रकाश बहादुर शाहसंग पराजित बनेका उम्मेदवार हुन् ।

यी हुन् प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक उम्मेदवार

प्रदेश सभा र प्रतिनिधि सभा तर्फ बाजुरामा एमालेबाट प्रतिनिधि सभामा केन्द्रीय सदस्य दयालबहादुर शाही, प्रदेशसभाको समानुपातिक दलित तर्फ एमाले जिल्ला कमिटी सचिवालय सदस्य काँशी विक उम्मेदवार टिकट पाएका छन् ।

त्यस्तै प्रतिनिधि सभाको समानुपातिक दलिततर्फ नेपाली काँग्रेसबाट पूर्व संविधान सभा सदस्य महाँ नेपाली, प्रदेश सभामा समानुपातिकमा महिलातर्फ जुनादानी उम्मेदवार छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार