होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २० वर्ष पछि गाउँ फर्किय सौरे , बस्ने बास र खाने गास समेत छैन
समाचार

२० वर्ष पछि गाउँ फर्किय सौरे , बस्ने बास र खाने गास समेत छैन

  • नागरिक रैबार
२० वर्ष पछि गाउँ फर्किय सौरे , बस्ने बास र खाने गास समेत छैन

नागरिक रैबार/बाजुरा २५ जेठ।  बाजुरा जिल्लाको बडिमालिका–४ रिलाका साैरे उखेडा २० वर्षपछि भारत बाट गाउँ फर्किएका छन । छिमेकी देश भारतको हरिणा भन्ने ठाउँमा लामो समयदेखि काम गर्देै आएका थिए ।

भारतमा काम गर्ने क्रममा लडेर एउटा खुट्टा सहित भाँचिएको छ । उक्त भाँचिएको खुट्टामा रड त हाले तर उक्त रड निकाल्ने पैसा नभएको र कमाउने व्यक्ति नै अपाङ्ग भएपछि उनको परिवारलाई भारतमा खान बस्न समेत समस्या भएपछि गाउँ फर्किए । उखेडा गाउँ त फर्किए तर उहाँको गाउँमा बस्ने घर र खाने खाद्यान्न समते छैन ।

भारत बाट पर्किएका उखेडासँग उनकि श्रीमती र एक जना छोरा समेत रहेका छन भने उनका जेठा छोरा बेपत्ता र माईला छोरोको भारतमै मृत्यु भइसके बताए   ।

विज्ञापन

उखेडाको गाउँको घर भत्कि सकेको रहेछ उक्त घरलाई पुनः निर्माण गर्नकालागी आर्थिक नभएपछि बडिमालिका ४ को वडा कार्यालयबाट एउटा पाल उपलब्ध भएको हुदाँ तत्कालका लागि पालमा बस्ने वन्दोवस्त मिलाएको उनका भतिज शंकर उखेडाले बताए ।

आर्थिक अभावमा पालमुनी बासस्थान वनाइदै

सौरे उखेडा ७८ वर्षका बृद्ध भईसकेका छन भने उनकी श्रीमति पनि ७२ वर्षकी भईसकेकि छन उनिहरुले हाल सम्म नागरिकताको प्रमाण पत्र पनि प्राप्त गर्न सकेको छैनन । नागरिकता त उनिहरुका लागि परको कुरा रहयो बस्ने बास र खाने गासनै छैन उनका भतिजले भने ।

आर्थिक अभावमा पालमुनी बासस्थान वनाइदै

उहाँलाइ बास स्थान बनाउनका लागि र खानकाे लागि अलिकती भएपनि आर्थिक वा भैतिक के गरेर हुन्छ सहयाेग गरिदन हुन सम्पुर्णमा उनका भतिजले आग्रह गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै