होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जलेकी महिलाको उपचारमा आर्थिक समस्या
समाचार

जलेकी महिलाको उपचारमा आर्थिक समस्या

  • नागरिक रैबार
जलेकी महिलाको उपचारमा आर्थिक समस्या

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१० कि लोकसरी कुँवर पाटन अस्पताल बर्न वार्डको ५ नम्बर बेडमा छटपटाइरहेकी छिन् । खाना पकाउँदै गर्दा चुलोमा लडेकी उनको शरीरको ३८ प्रतिशत भाग जलेको छ । २३ वर्षकी उनको ५ महिनाका छोरा युकेश भने आमाको काख र दूध खान नपाएर रोइरहेका छन् । जलेर गम्भीर अवस्थामा रहेकी आमासँग छोरालाई राख्न नमिल्ने भएकाले अलग अलग बेडमा राखिएको छ ।

चिकित्सकले उच्च निगरानीमा राखेर लोकसरीको उपचार गरिरहेका छन् । लोकसरीका श्रीमान एकेन्द्रले श्रीमती र छोराको हेरचाह गरिरहेका छन् । आमाको दूध खान नपाएका छोरा युकेश ल्याक्टोजिनले पेट भरिरहेका छन् ।

छारे रोगबाट पीडित लोकसरी चुलोमा चुलोमा खसेका परिवारका सदस्यले धेरै ढिलो थाहा पाउँदा उनको शरीरको धेरै भाग जलिसकेको थियो । सुरुमा अछामको बयलपाटा अस्पतालमा भर्ना गरिएकी लोकसरीलाई अस्पतालले उपचार सम्भव नभएको भन्दै काठमाडौ रिफर गरेको थियो ।

विज्ञापन

धनगढी विमानस्थलबाट बुद्ध एयरको विमानले ल्याउन नमानेपछि लोकसरीलाई एम्बुलेन्सबाटै काठमाडौं ल्याइएको थियो ।

सुरुमा धनगढीसम्म एम्बुलेन्समा र धनगढीबाट काठमाडौंसम्म पनि एम्बुलेन्समा ल्याउँदा नै ऋण गरेर आएको परिवारसँग लोकसरीको उपचारका लागि रकम अभाव भएको छ । १२ जेठमा पाटन अस्पताल भर्ना गरिएकी उनको विभिन्न दाताको सहयोगमा अहिलेसम्म उपचार भइरहेको छ । तर उपचारमा कति समय र खर्च लाग्ने हो भन्ने यकिन छैन । त्यसैले एकेन्द्र बाँकी उपचार कसरी गर्ने हो भन्ने चिन्तामा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै