होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिविको स्नातकोत्तर तहमा अघिल्लै वर्षको प्रश्नपत्र हुबहु !
समाचार

त्रिविको स्नातकोत्तर तहमा अघिल्लै वर्षको प्रश्नपत्र हुबहु !

  • नागरिक रैबार
त्रिविको स्नातकोत्तर तहमा अघिल्लै वर्षको प्रश्नपत्र हुबहु !

 काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीति शास्त्रको स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षामा चरम लापरवाही देखिएको छ ।

२३ जेठमा सञ्चालित राजनीति शास्त्रको स्नातकोत्तर तह पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ । यो विषयको सन् २०२१ र सन् २०२२ सञ्चालित परीक्षाको प्रश्नपत्र एउटै छ । खाली प्रश्नपत्रको क्रममात्र तलमाथि गरिएको छ ।

मानविकी संकायकी डीन प्रा.डा. कुसुम शाक्यले पटक पटक समस्या दोहोरिन थालेपछि प्रणालीमाथि नै प्रश्न उठेको बताइन् । ‘फेरि उही समस्या दोहोरिएको छ । अब यसमा पनि छलफल हुन्छ । अहिले नै के गर्छौं भन्न सक्ने अवस्था रहेन । अब प्रणालीमाथि नै छलफल गर्नुपर्ने देखियो’ उनले भनिन् ।

विज्ञापन

यस विषयमा केन्द्रीय परीक्षा समितिमा जानकारी गइसकेको र अब बृहत छलफल हुने शाक्यले जानकारी दिइन् । जेठ १८ गते लिइएको अर्थशास्त्रको स्नातकोत्तर तह तेस्रो समेष्टरको पब्लिक इकोनोमिक्स विषयको प्रश्नपत्र पनि गत वर्षको प्रश्नपत्रसँग हुबहु दोहोरिएको पाइएको थियो । यो विषयमा त्रिभुवन विश्वविद्यालयले छानबिन गरिरहेको छ ।

त्रिविका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले राजनीति शास्त्र विषयको प्रश्नपत्र दोहोरिएको बारेमा भर्खरै थाहा पाएको बताए । ‘अस्तिको (अर्थशास्त्रको प्रश्नपत्र दोहोरिएको) विषयमा छलफल भइरहेको छ । हिजोको परीक्षामा पनि त्यस्तो समस्या दोहोरियो भनेको भर्खरै सुन्दैछु । बुझेर छानबिन प्रक्रिया अघि बढाउछौं ।’

यस वर्षको परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र हुबहु मिल्नु सामान्य नभएको र यसले प्रश्नपत्रको गोपनीयतामाथि नै प्रश्न उठेको प्राध्यापकहरु बताउँछन् ।

त्रिविका एक प्राध्यापकले प्रश्नपत्र हेर्दा आशंका गर्ने ठाउँ भेटिएको बताए । ‘पहिला सोधिएको प्रश्न सोध्नै हुन्न भन्ने त होइन । तर, लापरवाही गरिएको देखियो’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै