होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, असार १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जहाँ पहिलो पटक पुग्यो फोन
समाचार

जहाँ पहिलो पटक पुग्यो फोन

  • नागरिक रैबार
जहाँ पहिलो पटक पुग्यो फोन

चिनियाँ सीमा नजिकैको नेपाली गाउँ तिंकरमा पहिलो पटक फोन पुगेको छ।दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ को तिंकरमा सोमबार नेपाल टेलिकमको एनटीसेट प्रविधिमार्फत् दुई वटा फोन जोडिएको हो। पहिलो पटक फोन पुगेपछि तिंकरबासीमा खुसीयाली छाएको छ।

फोन जडान भएसँगै स्थानीयले बाहिर रहेका आफन्तसँग कुराकानी गरेका छन्।व्याँस- १ का वडा सचिवसमेत रहेका स्थानीय विनोदसिंह बुढाथोकीका अनुसार तिंकर गाउँ नेपाल र चीन सीमाको पहिलो नम्बर पिलरदेखि चार-पाँच किलोमिटरको दुरीमा छ। तिंकरमा ७० घर परिवारको बसोबास छ।

त्यहाँका बासिन्दा छ महिना गाउँमा र छ महिना बाहिर बस्छन्। कात्तिकपछि चिसो बढ्ने भएकाले गाउँलेहरू सदरमुकामतिर झर्ने गरेको बुढाथोकीले बताए।‘पहिला सदरमुकामबाट गाउँ जाँदा पुग्यो कि पुगेन भन्ने खबर पनि गर्न सकिन्थ्यो। अब सुविधा भएको छ,’ बुढाथोकीले भने।

विज्ञापन

हिउँदमा बस्ती सर्दा फोनलाई घरमै ताला लगाएर सुरक्षित राखिने उनले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार