होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बलात्कारको सिकार हुनेमा बालिका र अपाङ्ग महिला धेरै
समाचार

बलात्कारको सिकार हुनेमा बालिका र अपाङ्ग महिला धेरै

  • नागरिक रैबार
बलात्कारको सिकार हुनेमा बालिका र अपाङ्ग महिला धेरै

१७ जेठको दिउँसो मामाघरमा सात वर्षीया बालिका खेलिरहेकी थिइन् । आफ्नै उमेरका बालबालिकासँग खेलिरहेकी बालिका एक्कासी हराइन् । अबोध बालिका एक्कासी हराएपछि गाउँघरमा खैलाबैला मच्चियो । खेल्ने ठाउँबाट केही घण्टा हराएकी बालिका जब बलात्कृत भएको थाहा भयो, तब उनका बाबुआमा मर्माहत बने ।

पीडित बालिकाको बयान र परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले ६० वर्षीय एक पुरुषलाई पक्राउ गर्यो ।

१६ जेठको बिहान छ वर्षीया बालिका आफ्नै घर अगाडि खेलिरहेकी थिइन् । खेल्दा खेल्दै उनी हराइन् । हराएकी उनलाई सहगोत्रभित्रका दाइ पर्ने दुई दाजुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी परेको छ ।

विज्ञापन

जाहेरीका आधारमा प्रहरीले आरोपी दुवैलाई पक्राउ परेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरेर प्रहरीले बलात्कार (जबर्जस्ती करणी)सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

महोत्तरीमा गत हप्ता घटेका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । बलात्कारका घटनाहरू महोत्तरीमा दिन–प्रतिदिन बढिरहेको तथ्याङ्कले देखाएको छ । बलात्कार घटनाको सिकार हुनेमध्ये धेरै बालिका र अपाङ्गता भएकी महिला छन् ।

जिल्ला प्रहरी उपरीक्षक (एसपी) प्रकाश विष्टका अनुसार महोत्तरीमा २०७८ सालमा बलात्कार घटनाका १९ वटा उजुरी परेका छन् ।

उजुरीका आधारमा अधिकांश घटनाको अनुसन्धान प्रहरीले गरिसकेको छ । अनुसन्धान गरेर बुझाएको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । तर, दायर मुद्दाहरूको टुङ्गो अदालतबाट हुन बाँकी छ ।

एसपी विष्टले १९ वटा बलात्कारका घटनामा संलग्नमध्ये पक्राउ परेर धेरै पुर्पक्षका लागि थुनामा रहँदा केही भने फरार नै छन् । कतिपय भने अझै फरार छन् । रोचक त के छ भने बलात्कार जस्तो गम्भीर प्रकृतिका आपराधिक घटनामासमेत पीडित पक्षलाई दबाब दिएर जनप्रतिनिधिहरूकै रोहबरमा कतिपय घटना मिलाइएका छन्।

जबकि, बलात्कार मिलापत्र गर्न नमिल्ने घटना हो । यद्यपि, कानुनलाई चुनौती दिँदै केही जनप्रतिनिधि नै संलग्न भएर बलात्कारका घटनामा मिलापत्र गरेको घटना जिल्लामा बेलाबेला हुने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै