नागरिक रैबार
बाजुरा २५ माघ
नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको दोस्रो पुर्ण बैठक काेल्टीमा बस्ने भएकाे छ । नेकपा एमाले बाजुराका सचिव भरत थापाका अनुसार पार्टीको दाेस्राे पूर्ण बैठक आगामी फागुन ५ गते काेल्टीमा बस्ने भएकाे हाे । बैठकमा जिल्ला कमिटीका सदस्य, पदेन जिल्ला कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेकाे छ । सरकारले स्थानीय तहकाे निर्वाचनको मिति आगामी बैशाख ३० गते तय गरेसंगै एमाले बाजुराले पार्टीका कामलाई तिव्रता दिन लागेकाे छ ।
फेसबुक प्रतिक्रियाहरु