होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेप्सेमा दोहोरो अंकको गिरावट, मूल्यमा तीव्र उतारचढाब
समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट, मूल्यमा तीव्र उतारचढाब

  • नागरिक रैबार
नेप्सेमा दोहोरो अंकको गिरावट, मूल्यमा तीव्र उतारचढाब

२५ माघ, काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट मंगलबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ

लगानीकर्ताको अपेक्षा स्थानीय निर्वाचनको मिति घोषणाका कारण बजारमा उछाल आउने थियो । सोही अनुसार बजार सुरुवाती केही मिनेट उच्च अंकले बढेको पनि थियो । त्यसपछि घट्न थालेको बजार सम्हालिन सकेन । मंगलबार १६.३० अंकले घटेर बजार २८३५.५८ विन्दुमा झरेको छ ।

मंगलबार कुल २३० कम्पनीको ७१ हजार ३ सय ४० वटा कारोबारबाट १ करोड २० लाख ५३ हजार ७ सय ५१ कित्ता शेयर किनबेच भएको छ । मंगलबार ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार व्यापार, होटेल र पर्यटन, नीर्जिवन बीमा, उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसमुह हरियो रह्यो । अन्य सबै उपसमूह राताम्य रहेको छ । सबैभन्दा धेरै जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाए ।

विज्ञापन

घटेको बजारमा नेपाल इन्स्योरेन्स प्रालि, बुद्धभूमि नेपाल जलविद्युत, राष्ट्रिय बीमा कम्पनी, वीन नेपाल लघुवित्तलगायत कम्पनीको मूल्य बढ्यो । यस दिन लिवट्री इनर्जी, नेपाल हाइड्रो, बोटलर्स नेपाल, यूनिभर्सल पावरसहितका कम्पनीको मूल्य सबैभन्दा धेरै घट्यो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार