होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा वन कर्मचारीलाई मोसो दलेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ
समाचार

कैलालीमा वन कर्मचारीलाई मोसो दलेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

  • नागरिक रैबार
कैलालीमा वन कर्मचारीलाई मोसो दलेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

धनगढीः कैलालीबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक कार्यकर्ता पक्राउ परेका छन्। वन कर्मचारीलाई कालो मोसो दलेको आरोपमा कैलारी गाउँपालिकाबाट मंगलबार बिहान ५ बजे ती व्यक्ति पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उनको नाम भने सार्वजनिक गरेको छैन।

उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको बुझिएको छ। उनलाई कैलालीको पचमुडिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आफूहरु विप्लवको कार्यकर्ता भन्दै यहि माघ १७ गते पण्डितलाई कालोमोसो दलिएको थियो। उनीहरुले चन्दा आतंकको विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरेको पण्डितले बताएका थिए। उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गर्दै आएका छन्। सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनहरुले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई लाखौं रकम चन्दा दिएका छन्।

विज्ञापन

सम्बन्धित समाचार
कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई दले मोसो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार