होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निजामती सेवा दिवसमा प्रधानमन्त्रीको आक्रोश : स्थायी सरकारले कामै गर्दैन
समाचार

निजामती सेवा दिवसमा प्रधानमन्त्रीको आक्रोश : स्थायी सरकारले कामै गर्दैन

  • नागरिक रैबार
निजामती सेवा दिवसमा प्रधानमन्त्रीको आक्रोश : स्थायी सरकारले कामै गर्दैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी संयन्त्रप्रति असन्तुष्टि जनाएका छन् । देशको दुर्गती हुनुमा राजनीतिक दलहरु मात्र हो कि कर्मचारी सयन्त्र पनि जिम्मेवार छ भनेर छलफल गर्नुपर्ने उनले बताएका छन् ।

निजामती सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘जबसम्म ब्यूरोक्रेसीको सहयोग हुँदैन, तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्यूरोक्रेसी छ । तै पनि काम भएको छैन । स्थायी सरकारले काम गर्दैन त के गर्ने ? कसरी देश अघि बढ्नसक्छ ?’

एउटा बाटो बनाउन समेत २५ वर्ष लाग्ने गरेको भन्दै प्रधानमन्त्री देउवाले भने, ‘डाक्टर छैन, इन्जिनियर छैन, सीडीओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ ।’

विज्ञापन

कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला आएको भन्दै उनले सबैले काम गर्नुपर्नेमा जोड दिए । ‘जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोक्रेसी हो । उसले गर्दैन त कसरी देश बन्छ ?’ उनले भने, ‘जनताले भोटले पत्याए हो, नत्र त हामी गइहाल्छौं । त्यही भएर तपाईँहरु काम गर्नुहोस् । के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार