होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिलो चरणमा २७ जिल्लाका ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप दिइने
समाचार

पहिलो चरणमा २७ जिल्लाका ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप दिइने

  • नागरिक रैबार
पहिलो चरणमा २७ जिल्लाका ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप दिइने

सरकारले २७ जिल्लाका पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिएको हो । सोही समूहलाई दोस्रो मात्रा खोप भने साउन २ गतेदेखि ८ गतेसम्म लगाइने भएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा महोत्तरी, नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा कोरोनाविरुद्धको खोप लगाइने भएको हो । त्यसपछि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई खोप दिइने मन्त्रालयको भनाइ छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै