होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मंगलबार पनि उच्च अंकले घट्यो सेयर बजार
समाचार

मंगलबार पनि उच्च अंकले घट्यो सेयर बजार

  • नागरिक रैबार
मंगलबार पनि उच्च अंकले घट्यो सेयर बजार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि ओरालो यात्रा थालेको सेयर बजारले मंगलबार समेत यो ट्रेन्डलाई पच्छ्यायो । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो । सोमबार समेत बजार दोहोरो अंकले घटेको थियो ।

बजार निरन्तर घट्दा कारोबार समेत सुस्ताएको छ । मंगलबार २३४ कम्पनीको मात्र २८ हजार ९५९ वटा कारोबारबाट ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर किनबेच भएको छ । मंगलबार कारोबार रकम भने १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँ बराबरको भएको छ । मंगलबार सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै उत्पादन र प्रशोधन तथा बैंकका लगानीकर्ताले गुमाए ।

मंगलबार उपकार लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लाग्यो । १० प्रतिशतले बढेको यसको मूल्य २१२६ रुपैयाँ पुगेको छ । बलेफी हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर २०३.९० रुपैयाँ पुगेको छ । माउण्टेन इनर्जी ३.८२ प्रतिशतले घट्यो । मंगलबार हिमालयन बैंकको मूल्य नेगेटिभ सर्किट लेवलमा घटेको छ । ९.९७ प्रतिशतले घटेको यो कम्पनीको मूल्य ३२३.१० रुपैयाँमा झरेको छ । मंगलबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि