होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री निवासको ‘पब्लिक ब्लक’ ३ करोड ७५ लाख खर्चेर सजाइँदै
समाचार

प्रधानमन्त्री निवासको ‘पब्लिक ब्लक’ ३ करोड ७५ लाख खर्चेर सजाइँदै

  • नागरिक रैबार
प्रधानमन्त्री निवासको ‘पब्लिक ब्लक’ ३ करोड ७५ लाख खर्चेर सजाइँदै

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासको नवनिर्मित आवासीय भवनको इन्टेरियर (भित्रीभाग)को साजसज्जाको काम गर्न ठेक्का लागेको छ । आवासीय भवनको सार्वजनिक भवन (पब्लिक ब्लक) तर्फको भागको इन्टेरियर निर्माणका लागि ठेक्का लागेको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ३ करोड ७५ लाख १४ हजार ३८५ रुपैयाँमा ठेक्का लगाएको हो । यो कामका लागि ब्रिज-टेक अल्फा जेभीले ठेक्का पाएको हो ।

प्रधानमन्त्री निवासको नयाँ भवनहरु नेपाली मौलिक शैली झल्किने गरी बनेका छन् । तीन तलाको सार्वजनिक भवन प्रधानमन्त्रीले स्वदेशी तथा विदेशी पाहुना भट्न प्रयोग गर्नेछन् ।

विज्ञापन

मन्त्रिपरिषद् बैठकका लागि समेत कक्ष तयार भएको छ भने सञ्चारमाध्यमको लागि पनि यसमा कक्षको व्यवस्था भएको छ । यो भवन प्रधानमन्त्रीको सचिवालयले पनि प्रयोग गर्नसक्ने गरी निर्माण भएको छ ।

अब यिनकै कक्षहरुको साजसज्जाको काम गर्न ठेक्का लगाइएको हो ।

यसअघि नै आवासीय भवनतर्फको निवास (प्रइभेट ब्लक) तर्फको भवन यसअघि नै तयार भएर प्रयोगमा आइसकेको छ । प्राइभेट र पब्लिक ब्लक करिब साढे ३३ करोड रुपैयाँ लागतमा तयार भएका हुन् । ३ तलाको प्राइभेट ब्लकमा २२ वटा कक्ष छन् । यो भवन बङ्करसहित बनेको छ ।

भवनको तल्लो तलामा लबी, भान्छा, भोजनकक्ष सहितका कोठा छन् । दोस्रो तलामा प्रधाामन्त्रीको बेड रुम र मिटिङ रुमहरु छन् । जहाँ सुरक्षाकर्मी बस्ने कक्ष पनि छ ।

तेस्रो तलामा तलामा पाहुनाका लागि लबी र बेड रुम, पूजाकोठा र हल समेत छ । भूकम्पप्रतिरोधी भवनमा मौलिक बुट्टा र झ्यालहरु प्रयोग भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार