होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चैत २६ गते जुम्ला रारा अल्ट्रा म्याराथन हुने
समाचार

चैत २६ गते जुम्ला रारा अल्ट्रा म्याराथन हुने

  • नागरिक रैबार
चैत २६ गते जुम्ला रारा अल्ट्रा म्याराथन हुने

जुम्ला — यही चैत २६ गते कर्णालीमा तेस्रो पटक जुम्ला रारा अल्ट्रा म्याराथन हुने भएको छ । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने ध्येयले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन भइरहेको छ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाको आयोजनामा हुन लागेको जुम्ला रारा अल्ट्रा म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्ने भएका छन् । क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।

कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले खेलकुदको महत्त्व दर्शाउन र समग्र समाजमा खेल संस्कृतिको विकास गराउन म्याराथनको ठूलो भूमिका हुनेमा जोड दिए । म्याराथनले कर्णालीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

कर्णाली स्पोर्ट्स क्लबका अनुसार हालसम्म ४९ किलोमिटरको म्याराथनमा दौडनका लागि ६० जनाले नाम दर्ता गरेका छन् । ५ किलोमिटर दौडका लागि १५६ जना र ५ किलोमिटर खुला दौडका लागि २ सय बढी खेलाडीले सहभागिता जनाउने भएका हुन् ।

विज्ञापन

म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाउने बताइएको छ । त्यस्तै द्वितीयले ६२ हजार ५ सय, तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ६ हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार