होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वैशाखभरि भर्ना अभियान, जेठबाट कक्षा सञ्चालन
समाचार

वैशाखभरि भर्ना अभियान, जेठबाट कक्षा सञ्चालन

  • नागरिक रैबार
वैशाखभरि भर्ना अभियान, जेठबाट कक्षा सञ्चालन

काठमाडौं, चैत २४ । विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना गर्ने र जेठबाट कक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयलाई पत्राचार गरेको छ ।

केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार नियमित भर्ना हुनेबाहेक विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई समेत विद्यालय ल्याउने व्यवस्था गर्न वैशाख महिनाभरि भर्ना अभियान शुरू गर्न लागिएको छ । कोभिड–१९ का कारण लगातार दुई वर्षसम्म शैक्षिकसत्र धकेलिएको थियो ।

सरकारले विसं २०७९ को वैशाख २ गतेबाट भर्ना शुरू गरी वैशाखभर भर्ना गर्ने र जेठमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको हो । सरकारले हरेक वर्ष वैशाख १ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि