होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १० जिल्लामा २८ फागुनदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
समाचार

१० जिल्लामा २८ फागुनदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

  • नागरिक रैबार
१० जिल्लामा २८ फागुनदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

काठमाडौं । आगामी २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने छ ।

हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको महाशाखाका प्रमुख डा. चुम्बनलाल दासले जानकारी दिए ।

‘५ जिल्लामा पहिला चलाएको औषधिले पनि रोग निवारण नभएको देखियो,’ डा. दासले  भने,’ अहिले अर्को थप औषधि दिने लागेका हौं ।’ उनका अनुसार यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो ।

विज्ञापन

डा. दासका अनुसार ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।

महाशाखाका अनुसार तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली रहेका छन् । । ‘यी जिल्लामा यसभन्दा अगाडि डाइथाइलकार्बामाजिन प्रयोग गरिएको थियो । तर, रोग निवारण हुन सकेन त्यसकारण हामीले यसपटक आइभरमेक्टिन औषधि थप गरिएका छौं,’ डा. दासले भने ।

यस्तैगरी, दुई प्रकारका औषधि प्रयोग गरिने झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा डाइथाइलकार्बामाजिन १०० एमजी औषधि दिइने छ ।

१० जिल्लामा करिब ६२ लाख ६३ हजार मानिसलाई औषधि दिइने छ । औषधि सेवन कार्यक्रममा ४ हजार ७ सय र ८ हजार ८०० महिला स्वास्थ्य स्वंयसेविका परिचालन हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि