होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युक्रेनमा फसेका ५३३ नेपालीको उद्धार भयो : परराष्ट्रमन्त्री खड्का
समाचार

युक्रेनमा फसेका ५३३ नेपालीको उद्धार भयो : परराष्ट्रमन्त्री खड्का

'रुसी आक्रमणले विश्व शान्ति खलबल्यायो'

  • नागरिक रैबार
युक्रेनमा फसेका ५३३ नेपालीको उद्धार भयो : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनमा फसेका ५३३ जना नेपालीलको उद्धार गरिएको बताएका छन् । मन्त्रालयमा सोमाबर पत्रकार सम्मेलन गर्दै उनले रुस र युक्रेनबीचको युद्धका कारण समस्यमा परेका नेपालीहरूको उद्धार गरिएको जानकारी दिए ।

मन्त्री खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खलबल्याउने पनि बताए । नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर युक्रेनको पक्षमा वक्तव्य निकालेको भन्दै उनले मुलुकको परराष्ट्र नीति, सबै राष्ट्रहरूको सार्वभौमिकता र संयुक्त राष्ट्र संघको बडापत्रकोसमेत सम्मान गरिएको बताए ।

“एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथिको हमलाले विश्व शान्ति खल्बलियो । संयुक्त राष्ट्र संघको बडापत्र बमोजिम एउटा सदस्य राष्ट्र हौं । र, यसले ठूला–साना देशको सम्बन्धलाई खल्बल्याउने भएको हुनाले संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान गर्दै, हामीहरूले वक्तव्य पनि जारी गर्‍यौँ,” उनले भने, “त्यो असंलग्न परराष्ट्र नीतिकै एउटा पाटो हो । सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्ने हिसाबले, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनलाई समेत सम्मान गर्दै वक्तव्य निकालिएको हो ।”

विज्ञापन

मन्त्री खड्काले एमसीसी तथा सत्तागठबन्धनका कारण राजदूत नियुक्तिहरूमा ढिलाए भएको स्वीकार गर्दै रिक्त रहेको देशमा राजदूत नियुक्ति केही दिनभित्रै गरिने बताए ।

साथै उनले चीनसँगको नाका खुलाउने विषयमा छलफल भइरहेको बताए । नाका खुलाउने विषयमा चीनका विदेशमन्त्रीसँग करिब एक घण्टा टेलिफोन संवाद आफूले गरेको उनले जानकारी दिए ।

“उत्तरी नाका खोल्न पहल गरिराखेका छौँ । चीनका विदेश मन्त्री वाङसँग सोही माग राखेर एक घण्टा टेलिफोन वार्ता गरिएको छ । चिनिया राजदूतसँग पनि सो नाका खोल्ने विषयमा कुराकानी भएका छन । दुवै देशको हितमा भएकाले सो नाका छिट्टै खुल्ने विश्वास लिएका छौँ ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार