होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय चुनावमा ठूलो सफलता पाउँछौं : माधव नेपाल
समाचार

स्थानीय चुनावमा ठूलो सफलता पाउँछौं : माधव नेपाल

  • नागरिक रैबार
स्थानीय चुनावमा ठूलो सफलता पाउँछौं : माधव नेपाल

 काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् ।

‘जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौं’ उनले भने ।अध्यक्ष नेपालले आगामी चुनावलाई मध्यनजर गरेर विभिन्न स्थानीय तह र टोलटोलमा समिति बनाउने काममा लागेको पनि बताए ।

विज्ञापन

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक सोमबार काठमाडौंमा सुरु भएको छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले २५ फागुनमा बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै