होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ललितपुरमा पाँचै जनाको निस्साासिएर मृत्यु भएको आशंका
समाचार

ललितपुरमा पाँचै जनाको निस्साासिएर मृत्यु भएको आशंका

  • नागरिक रैबार
ललितपुरमा पाँचै जनाको निस्साासिएर मृत्यु भएको आशंका

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुनसक्ने देखिएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको प्रारम्भिक जानकारी दिएका हुन् ।

अस्पतालका एक चिकित्सकका अनुसार निसास्सिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भनिन्छ । ‘भर्खर बनाएको घरको झ्याल खुला भएकाले बोरा लगाएर सुत्नुभएको रहेछ’ उनले भने, ‘त्यसैले धुँवा राम्रोसँग बाहिर निस्किन पाएन र यस्तो घटना भएको हुनसक्ने देखिन्छ ।’

विज्ञापन

यद्यपि, पाँच जनाको मृत्युको आधिकारिक कारण पोष्टमार्टम रिपोर्टमा मात्रै खुल्ने उनले बताए । ललितपुरका एसपी शाहका अनुसार नल्लुमा काइँली स्याङतानको परिवार गएराति खाना खाएर कोइला बालेर सुतेका थिए ।

बिहान साढे ८ बजेतिर वडाध्यक्ष तीर्थ घलानले घरमा केही व्यक्तिको मृत्यु भएको भन्दै खबर गरेपछि इलाका प्रहरी कार्यालय, कोञ्ज्योसोमबाट प्रहरी निरीक्षक दीपक रिजालको नेतृत्वमा टोली गएको थियो ।

टोलीले घरबाट एकै परिवारका चार जनाको शव निकालेको थियो भने दुई जनालाई उपचारका लागि पठाएको थियो ।

इन्स्पेक्टर रिजालका अनुसार घटनास्थलमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुष्मा र ७ वर्षीय आस्माको मृत अवस्थामा भेटिएका थिए । उपचारका लागि पठाइएका मध्ये दुई दिनको अर्का एक नवजात शिशुको पनि मृत्यु भएको उनले बताए ।

एसपी शाहका अनुसार २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ, तर उनको अवस्थामा पनि गम्भीर छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै