होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएपछि…
समाचार

नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएपछि…

  • नागरिक रैबार
नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएपछि…

धनगढीः कञ्चनपुरमा ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएको घटना सार्वजनिक भएको छ। कञ्चनपुरकै दक्षिणी क्षेत्रको चौधरी समुदायकी १४ वर्षीया बालिका र भीमदत्त नगरपालिकाका १६ वर्षीय बालकको सम्बन्धबाट छोरी (शिशु)को जन्म भएको हो।

केही दिनअघि बालिका विरामी भएर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पगेकी थिइन्। अस्पतालमा बालिकाले छोरी जन्माइन्। उनले छोरी जन्माएपछि यो घटना सार्वजनिक भएको हो। बालिका भीमदत्तमा अर्काको घरमा काम गरेर बस्थिन। उनले आफू काम गर्ने घर मालिककै भतिजासँगको सम्बन्धबाट यस्तो भएको भनेर बताएकी छन्। बालिकाकी आमा सानै उमेरको हुँदा बितेकी थिइन्। त्यसपछि उनका बुवाले दोस्रो विवाह गरेका थिए। सौतेनी आमा ल्याएपछि बालिकामाथि अभद्र व्यवहार हुन थालेको थियो। त्यसपछि उनका बुवाले छोरीलाई महेन्द्रनगरको एकजना कुखुरापालक कहाँ घरेलु कामदारको रुपमा पठाएका थिए। उनी त्यहाँ घरायसी काम गर्थिन।

प्रहरीका अनुसार कुखुरापालकका ती भतिजा पनि नाबालिग हुन्। उनीहरुका बीचमा एक वर्षदेखि शारीरिक सम्बन्ध रहदै आएको बताइएको छ। यस्तै कञ्चनपुर प्रहरीले घटनाको विषयवस्तु जानकारीमा आएकाले अनुसन्धानको पाटोमा गएको बताएको छ। बालिका भने उपचारको क्रममा अस्पतालमा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालकलाई प्रहरी कार्यालयमै राखेर अनुसन्धान जारी राखेको छ।

विज्ञापन

कानूनी व्यवस्था के छ?

नेपालको कानूनले १८ वर्ष मुनिकालाई नाबालिग मान्दै आएको छ। यस्तो घटनामा प्रहरीले उजुरी लिएर अनुसन्धान गर्न सक्ने अधिवक्ता सिमा धामी बताउँछिन्। यस्ता प्रकृतीका घटनालाइ पनि कानूनले अपराध नै मान्ने उनले बताइन्।

धामीले दिनेशखबरसँग भनिन्, ‘यसलाइ पनि बलात्कार नै मानिन्छ। यस्तो अवस्थामा उमेर नपुग्दासम्म बालकलाइ सुधारगृहमा राख्न मिल्छ। त्यसपछि कानूनले व्यवस्था गरे बमोजिम कारवाहीको प्रक्रिया अघि बढाउन सकिन्छ।’ पिडीतले उजुरी दिए पिडकमाथि कारबाही हुनसक्ने उनको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार