होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ललितपुरमा एकैपरिवारका ५ जनाको मृत्यु
समाचार

ललितपुरमा एकैपरिवारका ५ जनाको मृत्यु

  • नागरिक रैबार
ललितपुरमा एकैपरिवारका ५ जनाको मृत्यु

ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा सोमबार बिहान ४ जना घरमै मृत फेला परेका थिए । यस्तै दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीको भनाइ छ ।
यस्तै घरमुली शुभ स्याङतानको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

एसएसपी कुँवरका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृत फेला परेका थिए । स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर भएको थियो । प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

विज्ञापन

अहिले घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान थालेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार