होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल बारको अध्यक्षमा सत्ता गठबन्धनबाट गोपालकृष्ण उम्मेदवार
समाचार

नेपाल बारको अध्यक्षमा सत्ता गठबन्धनबाट गोपालकृष्ण उम्मेदवार

  • नागरिक रैबार
नेपाल बारको अध्यक्षमा सत्ता गठबन्धनबाट गोपालकृष्ण उम्मेदवार

२३ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् ।

घिमिरे नेपाली कांग्रेसको निर्वाचन समिति संयोजक हुन् । अध्यक्षका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेल पनि दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवा निकट घिमिरेले टिकट पाएका छन् ।

यसैगरी महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ ।

विज्ञापन

नेपाल बार एशोसिएसनको चैत १९ गते हुने अधिवेशनमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले मोर्चाबन्दी गरेका छन् । नेपाली कांग्रेस निकट कानुन व्यवसायी अध्यक्ष र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी महासचिव रहने गरी तीन दलले मोर्चावन्दीको निर्णय गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले उपाध्यक्ष पद पाउनेछन् ।

बार एशोसिएसनको देशभर ११ हजार जना भन्दा बढी सदस्य रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार