होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डलाई पेलेरै बढे देउवा
समाचार

प्रचण्डलाई पेलेरै बढे देउवा

  • नागरिक रैबार
प्रचण्डलाई पेलेरै बढे देउवा

काठमाडौं, २४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक रुपमा निकै शक्तिशाली देखिएका छन् । काँग्रेस सभापति समेत रहेका उनी पार्टीभित्र शक्तिशाली बनिसकेका छन् । बाह्य समर्थन पनि जुटाइसकेका छन् । शक्तिशाली बनेका देउवा पेलेरै बढ्न थालेका छन् ।

देउवाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएर राष्ट्रपति समक्ष सिफारिश गराएका छन् । सत्ता गठबन्धन दलका नेताहरुमध्ये नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव धकेल्न खोजेका थिए । प्रचण्डले वैशाखमा पहिले प्रतिनिधि सभाको चुनाव गर्न जोड गरेका थिए ।

माधव नेपालले मंसिर या फागुन २०७९ मा तीन तहको चुनाव एकसाथ गर्ने प्रस्ताव गरेका थिए । उनीहरुको प्रस्ताव र दबाबका बाबजुद देउवा ३० वैशाखमै चुनाव गर्न बढेका छन् ।

विज्ञापन

अब देउवा एमसीसी पारित गर्न बढ्न लागेका छन् । यसका लागि पनि उनी पेलेरै जाने तयारीमा छन् । एमसीसीको विपक्षमा प्रचण्ड र माधव नेपाल उभिइसकेका छन् । देउवाले अन्य विकल्पमा गएर भएपनि एमसीसी बढाउन खोजेका छन् । यसका लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समझदारी विकास गरिसकेको बुझिएको छ ।

देउवा ओलीलाई साथमा लिएर भएपनि एमसीसी पारित गर्ने पक्षमा छन् । यसमा अवरोध बनेमा उनी सभमुख अग्निप्रसाद सापकोटा हटाउने प्रस्ताव ल्याउन समेत तयार भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार