होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृहमन्त्रीले सार्वजनिक गरे २०६ बुँदे गृह प्रशासन सुधार योजना
समाचार

गृहमन्त्रीले सार्वजनिक गरे २०६ बुँदे गृह प्रशासन सुधार योजना

  • नागरिक रैबार
गृहमन्त्रीले सार्वजनिक गरे २०६ बुँदे गृह प्रशासन सुधार योजना

गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार सिंहदरबारमा मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् ।
मन्त्रीको कार्ययोजनामा गाँजाको खेती र प्रयोगको मापदण्ड बनाउनेदेखि स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने सम्मका योजना छन् । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ । नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्यसबारे काम गरिरहेको छ ।

अध्यागमन नीति तर्जुमा गरेर लागू गर्ने मन्त्रालयको योजना छ । गृह मन्त्रालयले निश्चित मापदण्ड पुरा गरेर स्थानीय तहबाटै नागरिकता वितरण गर्ने योजना सार्वजनिक गरेको छ । ‘स्थानीय तहबाटै नागरिकता सेवा दिन कानुनी प्रक्रिया शुरु गरिनेछ’ गृह प्रशासन सुधार योजना सार्वजनकि कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले भने–‘त्यो सेवा दिनका लागि प्रक्रियागत व्यवस्थापनमा लाँदैछौँ ।’

प्रहरीको सरुवा र बढुवामा पनि नयाँ मापदण्ड तयार गर्ने मन्त्रालयको योजना छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्ने योजना सार्वजनिक गरिएको । लागुऔषध नियन्त्रणका लागि हरेक जिल्लामा लागुऔषध सचेतना केन्द्र सञ्चालन गर्ने मन्त्रालयको योजना छ ।

विज्ञापन

https://drive.google.com/file/d/1tRimxDAiJw1kNF5Mj702jxH7T0QkPKpl/view

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार