होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • पत्रकार विश्वकर्माको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग
स्वास्थ्य-जीवनशैली

पत्रकार विश्वकर्माको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

  • नागरिक रैबार
पत्रकार विश्वकर्माको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसँगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैयाँको सहयोग प्रदान गरेको हो ।

आइतबार दिउँसो काठमाडौँस्थित महासंघको केन्द्रीय कार्यालयमै एक संक्षिप्त कार्यक्रमबीच सहयोग चेक वितरण गरिएको थियो । महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले स्वर्गीय पत्रकार विश्वकर्माका मामा चन्द्र विश्वकर्मालाई चेक हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले स्वर्गीय पत्रकार विश्वकर्माको परिवारप्रति समवेदना स्वरूप महासंघले सहयोग प्रदान गरेको बताए। आर्थिक सहयोग संकलन गरी पठाउने महासंघ बेलायत शाखालाई उनले केन्द्रीय समितिको तर्फबाट धन्यवाद दिए । महासचिव रोशन पुरीले स्वर्गीय विश्वकर्माको परिवारलाई आउँदा दिनहरूमा पनि आवश्यक पर्ने थप सहयोगको लागि महासंघले पहल गर्ने आश्वासन दिए ।

विज्ञापन

महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले बेलायतमा संकलन गरी पठाइएको ५ लाख रुपैयाँमध्येको बाँकी रकमबाट केन्द्रसँगको समन्वयमा अन्य पत्रकारहरूलाई पनि छिट्टै सहयोग बाँडिने जानकारी गराए । कोभिड महामारीका बेला महासंघ केन्द्रीय समितिले स्थापना गरेको आपत्कालीन कोषमा २३ लाख रूपैयाँ पठाएको बेलायत शाखाले केही महिनाअघि फेरि पाँच लाख रूपैयाँको थप सहयोग जुटाएर पठाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार