होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालको निर्वाचन प्रणालीले भ्रष्टाचार बढायोः प्रचण्ड
समाचार

नेपालको निर्वाचन प्रणालीले भ्रष्टाचार बढायोः प्रचण्ड

  • नागरिक रैबार
नेपालको निर्वाचन प्रणालीले भ्रष्टाचार बढायोः प्रचण्ड

धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको निर्वाचन प्रणालीले भ्रष्टाचार बढाएको बताएका छन्। मंगलबार विहान धनगढी विमानस्थलमा भएको पत्रकार सम्मेलनमा उनले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र यसले भ्रष्टाचार बढाएको बताएका हुन्।

‘मैले आवेगमा बोलेको होइन। हाम्रो यो निर्वाचन प्रणाली र शासकीय स्वरुप चाँहि जनता र राष्ट्रको आवश्यकता अनुकुल छैन’ प्रचण्डले भने, ‘निर्वाचन प्रणाली सामान्य जनताले लड्न सक्ने खालको भएन। निकै महंगो भो। यहीँ निर्वाचन प्रणालीमा उही सांसद हुने र बहुमतले प्रधानमन्त्री चयन गर्ने प्रणालीका कारण भ्रष्टाचार निकै मौलाउने कारण पनि यसैभित्र लुकेको छ।’

उनले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्। माओवादीलाई सुधार गर्नैपर्ने जिम्मेवारी रहेको उनले बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा प्रचण्डले जोड दिँदैे माओवादीले यो विषयलाई जोरदारका साथ उठाउने बताए। प्रचण्ड पार्टीको प्रादेशिक प्रशिक्षणका लागि धनगढी आएका हुन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै