होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, माघ २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्वमुख्यमन्त्री लालुको घरमा लडेर काँध भाँचिएपछि…
समाचार

पूर्वमुख्यमन्त्री लालुको घरमा लडेर काँध भाँचिएपछि…

  • नागरिक रैबार
पूर्वमुख्यमन्त्री लालुको घरमा लडेर काँध भाँचिएपछि…

एजेन्सीः बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव हस्पिटल भर्ना भएका छन्। घरमा लडेर काँध भाँचिएपछि उनी उपचारका लागि अस्पताल गएका हुन्। आइतबार घरमै लडेका ७४ वर्षीय यादवको दाहिने काँध भाँचिएपछि सोमबार पटनाको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। यादवकी छोरी रोहिणी आचार्यले पटनाको अस्पतालमा उपचार गराइरहेका आफ्ना बिरामी बुबाको तस्बिर सेयर गरेकी छन्। तस्बिरमा यादव कमजोर देखिएका छन् काँधमा चोट लागेका उनी अस्पतालको ओछ्यानमा लडिरहेका देख्न सकिन्छ।

सिंगापुरमा बस्ने यादवकी छोरी आचार्यले ट्विटरमा स्वास्थ्य लाभको कामना गर्दै लेखेकी छिन्’मेरो हिरो, मेरो मेरुदण्ड पापा, छिट्टै निको हुनुहोस्।’ आइतबारको घटनापछि यादवलाई प्राथमिक उपचारका लागि पहिले अर्कै नीजि अस्पतालमा भर्ना गरिएको थियो। सोही दिन त्यहाँबाट डिस्चार्ज गरिए पनि अवस्था गम्भीर भएपछि सोमबार पुनः पारस अस्पतालमा भर्ना गरिएको हो। यादव राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्षसमेत हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार