काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका उनले मूख्यसचिव शंकरदास वैरागीसँग टेलिफोन कुराकानी गरेका थिए ।
त्यसबेला उनले आफू बिदामा बस्ने जानकारी गराएका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।
अर्थमन्त्रीका प्रेस सल्लाहकार अजित अधिकारी भने सचिव मरासिनीले श्रीमती बिरामी भएकाले आफू बिदामा बस्न लागेको जानकारी गराएको जानकारी दिए ।
‘आज एक दिनका लागि बिदा बसेको भन्नु भएको छ, आवश्यक परे भोलि पनि बिदा बस्ने जानकारी गराएरै बस्नु भएको हो,’ उनले भने ।
फेसबुक प्रतिक्रियाहरु