होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मेस्सी एक्लैले गरे ५ गोल
समाचार

मेस्सी एक्लैले गरे ५ गोल

  • नागरिक रैबार
मेस्सी एक्लैले गरे ५ गोल

काठमाडौं । लिओनल मेस्सीको पाँच गोलसँगै अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा स्टोनियालाई हराएको छ ।अघिल्लो साता दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले युरोपियन च्याम्पियन इटलीलाई ३–० ले हराएर फाइनलसीमाको उपाधि जितेको थियो । यो खेलमा दुई गोलमा असिस्ट गरेका मेस्सीले आइतबार भने एक्लै पाँच गोल गरेका हुन् ।

स्पेनको पम्प्लोनामा भएको खेलमा मेस्सीले आठौं मिनेटमा पेनाल्टीबाट गोलको खाता खोलेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा दोस्रो गोल गरेका उनले ४७, ७१ र ७६ मिनेटमा गोल थपेका छन् ।

मेस्सीले यसअघि २०१२ मा च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गरेका थिए । अन्तिम १६ को दोस्रो लेगमा बार्यन लिभरकुसनलाई ७–१ ले हराउने क्रममा मेस्सी एक्लैले ५ गोल गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै