होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आरजुले भनिन्, ‘सबैलाई त सक्दैनौ, ५/६ जनालाई ‘फ्रि’मा मलेसिया पठाउँछौ’
समाचार

आरजुले भनिन्, ‘सबैलाई त सक्दैनौ, ५/६ जनालाई ‘फ्रि’मा मलेसिया पठाउँछौ’

  • नागरिक रैबार
आरजुले भनिन्, ‘सबैलाई त सक्दैनौ, ५/६ जनालाई ‘फ्रि’मा मलेसिया पठाउँछौ’

धनगढीः नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले धनगढीका स्थानीयलाई फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाउने बताएकी छन्। शुक्रबार धनगढीमा एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो,’उनले भनिन्, ‘हामीले यहाँ विशेष ध्यान दिन्छौ। कांग्रेसलाई जिताउनुस्। सबैलाई त हामी गर्न सक्दैनौ। तर, दुख पाएकाहरु एक-दुई जनालाई पढाउने प्रयास गर्छु। मलेसिया जान चाहने कोही भए मलाई कसैले कोटा दिन्छु भनेको छ। फ्रि भिसा र टिकटको व्यवस्था हुन्छ। ५/६ जनालाई पठाउँछौ। सबैलाई हामी लग्न सक्दैनौ।’ यसरी नै रोजगारीको अवसर दिने उनले बताइन्।

यस्तै उनले आफू प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हारेपनि केही फरक नपरेको बताइन्। एमाले सांसदले जितेर पनि यहाँ केही गर्न नसकेको उनको दाबी छ। कांग्रेसले नै धनगढीमा बाटोघाटो, पुल पुलेसा र अस्पताल बनाएको उनको भनाइ छ। यसअघि डडेल्धुरा पुगेर उनले कांग्रेसका मेयर तथा जनप्रतिनिधि नभएको ठाउँमा बजेट नै नपठाउने बताएकी थिइन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि