होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरामा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै
समाचार

डडेल्धुरामा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै

  • नागरिक रैबार
डडेल्धुरामा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै

डडेल्धुराः डडेल्धुरामा जिल्ला स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। नयाँ वर्ष २०७९ को अवसर तथा धार्मिक शक्तिपीठ घटाल धानमा लाग्ने बिसु जात (मेला)को अवसरमा फुटबल प्रतियोगिता हुने भएको हो।

घटाल स्टार युवा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिता चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष मनिष भण्डारीले बताए। उनका अनुसार सम्पूर्ण खेल अमरगढी नगरपालिका–३ स्थित रामलिला मैदान (बगर)मा खेलाइने छन्।

प्रतियोगिताको विजेता टोलीलाई २५ हजार, उपविजेता टोलीलाई १५ हजार ट्रफी र प्रमाणपत्र दिइने छ। उत्कृष्ट किपर, म्यान अफ दी सीरिजलाई पनि आकर्षक पुरुस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी टीमले चैत २७ गते दिउँसो दुई बजेभित्र टीम दर्ता गराइसक्नु पर्ने छ। टीम दर्ता शूल्क ४ हजार रहेको भण्डारीले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै