होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकार कुहिएको छ, आफैं झर्छ : ओली
समाचार

सरकार कुहिएको छ, आफैं झर्छ : ओली

  • नागरिक रैबार
सरकार कुहिएको छ, आफैं झर्छ : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार रहेसम्म देशमा आर्थिक उन्नति नहुने दाबी गरेका छन् । सरकार जतिसक्दो चाँडो नढलेसम्म देश बर्बादीतिर धकेलिने उनले बताए ।

यस्तै उनले गठबन्धन सरकारलाई कुहिएको फलसँग तुलना गर्दै यो सरकार कुहिएर झर्ने अवस्थामा पुगेको बताए । नेता ओलीले भनेका छन्, ‘यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै झर्दैन । मज्जाले कुहिसकेपछि आफैं झर्छ । झर्ने समयसम्म हामीले पर्खनु पर्छ । मर्नै लागेको मान्छेलाई पनि प्वाक्क हानेर मारियो भने मुद्दा लाग्छ । यो सरकारलाई हामी ढाल्दैनौं । आफैं झरोस् । आफैं ढलोस् ।’

नेता ओलीले बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको बताएका थिए ।

विज्ञापन

यस क्रममा उनले नयाँ व्यवसाय गर्न मुस्किल रहेको भन्दै बैंकहरूले पनि व्यवसायका लागि सहयोग गर्नुपर्ने बताएका थिए । साथै व्यवसायीहरू यतिबेला समस्यामा परेको भन्दै वर्तमान सरकारले त्यसलाई समाधान गर्न नसक्ने उनको जिकिर थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै