होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्री दीपक मनाङेले कुटे कर्मचारी
समाचार

मन्त्री दीपक मनाङेले कुटे कर्मचारी

  • नागरिक रैबार
मन्त्री दीपक मनाङेले कुटे कर्मचारी

पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । घटना मंगलबारको हो ।

फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।

आफू हिजाेदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेकाे र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएकाे भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेकाे सचिव अधिकारीले बताए ।

विज्ञापन

ओझले मन्त्री मनाङेले आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले मंगलबारदेखि नै बिदा बस्ने जानकारी गराएकाे सचिव अधिकारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै