काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले एमालेले गरेको निरन्तर संसद अवरोध नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको आरोप लगाएका छन्।
आइतबारको प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निरन्तर संसद अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड हो। यो अत्यन्त गैर जिम्मेवारी काम हो। किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रनिधि मार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता जनताको जीविका जस्ता बिषयमा छलफल र त्यसले निकास देला भन्ने अपेक्षा गरेका हुन्छन्।’
संसद भनेको देशमा उत्पन्न समस्या समाधान गर्ने थलो भएको उनको भनाइ छ।
नेता रावलले भने, ‘देशको कार्यपालिका, न्यायपालिका र संसद् अलपत्र पार्ने काम गरिएको छ। मलाई लाग्छ कतै यो नेपाललाई कमजोर बनाउने सुनियोजित त खेल भइरहेको छैन?’
फेसबुक प्रतिक्रियाहरु