होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मेक्सिकोको फुटबल लिगमा हिंसात्मक झडप
समाचार

मेक्सिकोको फुटबल लिगमा हिंसात्मक झडप

  • नागरिक रैबार
मेक्सिकोको फुटबल लिगमा हिंसात्मक झडप

काठमाडौं । मेक्सिकोको घरेलु फुटबल लिग लिगा एमएक्स अन्तर्गत क्वेरेटारो र एटलासबीचको खेलका क्रममा समर्थकबीच रक्तपातपूर्ण झडप भएको छ । दोस्रो हाफमा एटलासले अग्रता लिइरहेको समयमा घरेलु टोली क्वेरेटारोका समर्थक मैदानमै प्रवेश गरेपछि दुई समर्थकबीच हानाहानको अवस्था बनेको हो ।

लिगा एमएक्सले यो खेल रद्ध गर्ने निर्णय गरेको छ । यो घटनाबारे धरै कोणबाट अपुष्ट र विरोधाभास सूचनाहरू सार्वननिक भइरहेका छन् । झडपमा सहभागी हुल्याहा समूहका अनुसार घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सयौंको संख्यामा गम्भीर घाइते छन् । दर्शकको संवेदनशीलतालाई सम्मन नगरी घटनाको तस्वीर र भिडियो सार्वजनिक गरिएकोमा स्थानीय पत्रकारहरूको आलोचना भइरहेको छ ।

घटनाको क्रममा खिचिएको तस्वीर र भिडियो हेर्दा के प्रष्ट हुन्छ भने समूहगत रुपमा भएको झडपमा थुप्रै मानिस हताहत भएका छन् । तर, लिगा एमएक्स र क्वेरेटारो एफसीले घटनामा कसैको पनि निधन नभएको दावी गरेको छ ।

विज्ञापन

तर, आलोचकका अनुसार उनीहरू घटनाको सत्यतथ्य पहिल्याउन असफल छन् कि त वास्तविकता बाहिर ल्याउन चाहँदैनन् ।

नासियो सुवारेज नाम गरेका एकजना पत्रकारले त्यहाँको वास्तविकता पत्ता लगाउने प्रयास गरेका छन् । उनले ट्वीटरमार्फत केही महत्त्वपूर्ण सूचना दिएका छन् । स्थानीय अधिकारीले २२ जना घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर गम्भीर रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै