नागरिक रैबार/बाजुरा २२ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले नगर भित्र बसोबास गरी पत्रकारितामा क्रियाशिल रहेका पत्रकारहरुको सामुहिक दुर्घटना विमा गरिदिने भएको छ ।
पत्रकारहरुको पेशागत संमेदनशीलतालाई मध्येनजर गरी पत्रकारहरुको पेशागत सुरक्षाका लागि नगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०७८/८९ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकामा स्थायी ठेगाना भई प्रेस काउन्सीलबाट परिचय पत्र प्राप्त पत्रकारहरुको सामुहिक दुर्घटना विमा गर्ने नगरपालिकाले बताएकाे हो ।
नगरपालिकाले नगर भित्र स्थायी ठेगाना भई प्रेस काउन्सीलबाट परिचय पत्र प्राप्त गरेका पत्रकारहरुलाई नगरपालिकामा आएर विवरण पेश गर्न अनुरोध समेत गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु