होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनुषामा गोली चल्यो, युवक घाइते
समाचार

धनुषामा गोली चल्यो, युवक घाइते

  • नागरिक रैबार
धनुषामा गोली चल्यो, युवक घाइते

 जनकपुरधाम । धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।

कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको बस्नेतले बताए । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

विज्ञापन

उनीमाथि पेस्तोलबाट गोली प्रहार गरिए प्रहरीको भनाइ छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको डीएसपी बस्नेतले जानकारी दिए ।

गोली प्रहार गर्नेको खोजी भइरहेको र घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार